तेह्रथुमको छथर गाउँपालिका जिल्लाको पश्चिमी क्षेत्रमा रहेको गाउँपालिका हो । ६ वटा पालिका रहेको तेह्रथुमको यो गाउँपालिका विभीन्न क्षेत्रमा विकासको गति लिने क्रममा अघी बढि रहेको छ । भौतिक पुर्वाधार विकास सँगै गाउँपालिकाले कृषी,पशु,पर्यटन र पुर्वाधार,समृद्ध छथर निर्माण गर्ने आधार भन्ने मुल नाराका साथ गाउँपालिकाले विभीन्न क्षेत्रमा काम गर्दै आएको हो यो गाउँपालिका खेलकुद क्षेत्रमा निक्कै अब्बल गाउँपालिका मानिएको छ । ग्रामिण स्तरमा रहेका खेलाडीहरुलाई विभीन्न प्रतियोगिताहरु सञ्चालन गर्दै अवसर प्रदान गर्दै आएको छ । यो गाउँपालिकाले स्थानीय स्तरका साथै जिल्ला स्तरका प्रतियोगिताहरु सञ्चालन गरि खेलकुदलाई खेल पर्यटन सँगै जोड्न अगाडी बढ्दै आएको छ । स्थानीय तह स्थापना सँगै निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरु आएपछी गाउँपालिकाले गाउँपालिका अध्यक्ष कपको रुपमा खेलकुदलाई विकास गर्दै आएको छ । भदौरे पुर्णीमाको अवसरमा गाउँपालिका अध्यक्ष कपलाई आयोजना गर्दै आएको छथर गाउँपालिकाले यसबर्ष चौथो गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला २०८० आयोजना गरेको छ । यसै सन्र्दभमा छथर गाउँपालिका सन्तविर लिम्बु (सन्तोष तिगेला) अध्यक्ष सँगै प्रहर मिडीयामा पत्रकार प्रकाश पाक्साँवा सँग गरिएको कुराकानी राख्दैछौ ।
१ सर्वप्रथम गाउँपालिका अध्यक्ष ज्युलाई प्रहर मिडीयामा स्वागत छ ।
– धन्यावाद ।
२ गाउँपालिका अध्यक्ष कपको सुरुवात कसरी गर्नु भयो ?
– छथर गाउँपालिका स्थापना भई सँगै गाउँपािलका अध्यक्ष कप सुरुवात गरेका हौ । म निर्वाचित भएपछी सुरु भएको हो गाउँपालिकालाई खेलकुद विकास गर्ने उदेश्यका साथ सुरु गरीएको हो । मुल रुपमा खेलकुद विकास गर्ने उदेश्यका साथ सुरु गरिएको हो । छथर गाउँपालिकामा खेलकुदको विकास भएको थिएन । प्रयाप्त खेलमैदानको अभाव भई रहेको थियो । त्यसकारण गाउँपालिकाले निती तथा कार्यक्रम बजेटमा एक वडा एक खेल मैदानको परिकल्पना गरेर त्यसरी नै काम अगाडी बढाएका हौ । बजार केन्द्रमा सबै मेलाहरुको मुख्य भदौरे पुर्णिमा मेलाको अवसरमा गाउँपालिका अध्यक्ष कप सुरु गरेका हौ । अहिले चौथो गाउँपालिका अध्यक्षको चरणमा पुगेका छौ । गाउँपालिका कप अध्यक्ष नितान्त खेलकुदको विकास गर्नको लागी युवाहरुको शरिरीक विकास गर्नको लागि, युवाहरुको शसक्तीकरणको लागी,युवाहरुको एकताको लागि,युवाहरुलाई थप गाउँपालिकाको परिचय स्थापित गर्नको लागी,गाउँपालिकालाई अरु गाउँपालिका सँग पहिचान खेलकुद क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्नको लागी,गाउँपालिकामा खेल पर्यटन विकास गर्नको लागी गाउँपालिकाले खेलकुद क्षेत्रमा काम गर्दै आएका छौ ।
३ गाउँपालिका अध्यक्ष कप सुरु भएपछी गाउँपालिकामा खेलकुदको विकास कस्तो पाउनु भएको छ ?
– गाउँपालिका अध्यक्ष कप सुरु भएपनी गाउँपालिकाको सबै वडाहरुमा खेलकुदका गतिविधी गर्दै आएका छौ । खेलकुद प्रतियोगिताहरु सञ्चालन सँगै विभीन्न स्थानबाट खेलाडीहरुले पुरस्कार जितेर ल्याएका छन । गाउँपालिकामा जिल्ला तथा प्रदेश स्तरीय खेलाडी उत्पादन भएका छन । गाउँपालिकाको नाममा ठुला ठुला कपहरु खेलाडीहरुले ल्याएका छन । गाउँपालिकाको विभीन्न वडाहरुका खेलमैदान निमार्ण भएका छन । त्यस्तै गाउँपालिकाको केन्द्रका खेलकुदका विभीन्न प्रतियोगिताहरु सञ्चालन गर्न समेत समस्या हुँदै आएको थियो । हामी निर्वाचित भएपछी छथर खेलमैदानको रुपमा गाउँपालिकाको केन्द्रमा निमार्ण गरेर खेलकुद क्षेत्रलाई विकास गर्न लाग्दै आएका छौ । अहिले हामी खेलकुद क्षेत्रमा लागनी गरे अनुसार विकास र उपलब्धी भएको छ ।
४ गाउँपालिका खेलकुद क्षेत्रमा विकास गर्दै गर्दा के कस्ता समस्या र चुनौतीहरु पाउनु भयो ?
– गाउँपालिकामा खेल सम्बन्धी ऐन जारी भएको छैन । हामी खेलकुद विकास समिती औपचारिक सकरकारी गठन गर्न सकि रहेको छैन । व्यवस्थीत रुपमा संरचनाहरु निमार्ण गर्न नसक्दा समस्याहरु चाँही छन । जस्तो एउटा खेलमा खेलाडीहरु पठाउँदा अस्वभाविक रुपमा खर्चहरु आउने । इन्ट्री शुल्कहरु र त्यसको मापडण्ड तयार नभएकोले व्यवस्थीतहरुमा खेलाडीहरुलाई छनौट गरी अगाडी बढाउन नसकिने । खेलाडीहरुलाई छनौटको हिसावले अगाडी बढाएर प्रशिक्षणको रुपमा राख्न नसकिने । खेलको अनुसानलाई व्यवस्थीत रुपमा नभई अनियन्त्रीत हिसावले अघी बढाउने यस्ता खालका कुराहरु आज चुनौतीको रुपमा देखा परेका छन । खेलमैदानको प्रयाप्तता सोचे जस्तौ छैन । पञ्चकन्यामा खेलमैदान ९ साईज मात्रै छ ११ साईज पुर्याउनु पर्ने छ । यहाँ रंगाशाला ११ साईजको तयारी गर्नु पर्ने छ । गाउँपालिकाको सबै वडाहरुमा ९ साईजको खेलमैदान निमार्ण गर्नु पर्ने छ । यी सबै कामहरु सम्पन्न नभएकाले कारणले गर्दै केही समस्या भई रहेका छन । तर यो आर्थीक बर्षमा खेलकुद ऐन जारी गर्छाै त्यसपछी खेल प्रशिक्षकहरु राख्छौ र त्यसरी व्यवस्थीत रुपमा खेलाडीहरुलाई अगाडी बढाउने काम हुन्छ ।
५ गाउँपालिकाले खेलकुद क्षेत्रलाई विकास गर्न कसरी अगाडी बढाउने लक्ष्य लिनु भएको ?
– गाउँपालिकाले खेलकुदलाई खेल पर्यटन विकास गर्न चाहान्छौ । खेलकुद पनी खेलकुद एक पर्यटकीय क्षेत्र हो । खेलकुद पनी पर्यटनको सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकालाई खेलकुद पर्यटनको रुपमा विकास गर्न आर्थीक २०८०÷०८१ बर्षमा निती कार्यक्रममा भनेका छौ खेल प्रशिक्षकहरुलाई राखेर अगाडी बढाउने,कबडहरु व्यवस्थीत गरेर अगाडी बढाउने,खेलकुद सम्बन्धीको मापडण्ड ऐन निती जारी गरेर व्यवस्थीत गरेर अगाडी बढाउने,मापडण्ड अनुसार खेलाडीहरुलाई छनौट गरे बन्द प्रशिक्षणहरुमा अगाडी बढाउने,यो गाउँपालिका बाहिर जाने खेलाडीहरुलाई मापडण्ड तयार गरे खर्चको दायरालाई व्यवस्थीत गर्ने , छनौट भएका खेलाडीहरुलाई गाउँपालिका जाँदा खानाबास यातायात इन्ट्री शुल्क खर्च सबै चिजहरुलाई मापडण्ड राखेर अगाडी लाने सोच यस हिसावले हामीले निती ल्याएका छौ र बजेटमा समावेश गरेका छौ ।
६ चौथो गाउँपालिका अध्यक्ष कपको तयारी कसरी गर्नू भएको छ ?
– चौथौ गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजना गर्न लागि रहेका छौ । त्यसको आयोजनाको काम सम्बन्धित संघ संस्थाहरुलाई दिई सकिएको छ । व्यवस्थापनको हिसाबले नेतृत्व रत्नदेवी युवा सेवा समाजलाई दिइएको छ । यसबर्षको अध्यक्ष कप र भदौरे पुर्णिमा मेला गतबर्षहरुको भन्दा अझ व्यापक तथा व्यवस्थीत रुपमा गर्ने तयारी गरेका छौ । आयोजक र व्यवस्थापनको टीमले काम गरि रहेको छ । समग्र प्रतियोगिताहरुलाई सम्पन्न गराउन बिभीन्न व्यवस्थापक टिमहरु गठन गरीएको छ । गठन गरिएका टिमहरुले आ आफ्नो जिम्मेवारीका साथ काम गर्दै आएका छन ।
७ भदौरे पुर्णिमा मेलाको अवसरमा के के प्रतियोगिता हुँदैछन ?
– ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा यसबर्ष आमन्त्रीत गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता,स्थानीय तह स्तरीय गाउँपालिका अध्यक्ष कप भलिबल र ब्याडमिन्टन प्रतियोगिताहरु सञ्चालन हुने भएका छन । प्रतियोगितामा फुटबल र भलिबल प्रतियोगितमा प्रथम हुनले गाउँपालिका अध्यक्ष कप र नगद १ लाख ५१ हजार मेडल र प्रमाणपत्र पाउने भएका छन । त्यस्तै दोश्रो हुने टिमले नगद ७५ हजार कप,मेडल र प्रमाणपत्र पाउने भएका छन । त्यस्तै प्रतियोगिताको क्वाटर फाइनलबाट बाहिरी ने टिमहरुलाई सुबिधाहरुको प्याकेजहरु व्यवस्थीत गरिएको छ । त्यस्तै व्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम हुनेले नगद ४१ हजार गाउँपालिका अध्यक्ष कप प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै दोश्रो हुने टिमले नगद २५ हजार प्रमाणपत्र र मेडल पाउने भएका छन । व्याडमिन्टनमा पनी तेश्रो हुने टिमलाई पनी व्यवस्थापन गरिएको छ ।
८ भदौरे पुर्णिमा मेलाको महत्व के होला ?
– ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णीमाको बिषेश महत्व छ । परापुर्वकाल देखी यहाँका धामीझाँक्री,विजुवाहरु मार्गपोखरीमा अघिल्लो दिन गएर रातभर जागराम बसेर बिद्या आर्जन गर्ने प्रचलन छ । रातभर अध्यात्मीक ज्ञान प्राप्त गरेपछी भदौरे पुर्णीमाको दिन फर्केर छथर सुक्रबारेमा रहेको रत्नदेवी मन्दिर(सेत्माङलुङ) मन्दिरमा परिक्रममा गरी मार्गपोखरीमा माथी रातभर जागराम बसेर आर्जन गरेको बिद्यालाई विसर्जन गरी आफ्नो थान सम्म पुग्ने गरेको एउटा सास्किृतिक महत्व बोकेको मेला पनी हो । यो सँगै परापुर्वकाल देखी धाननाचको ठुलो महत्व बोक्ने,सामिप्यता बढाउने,एकखालको साइनोहरुलाई साईनोको केन्द्रको रुपमा मेला काम गर्ने, यहाँका सास्कृतिक पक्षहरु मारुनी,संगानी,हुर्रा,हुर्केली,डम्फु,सेलो जस्ता यहाँका कला,संस्कार संस्कृतीहरुलाई यो भदौ पुर्णीमाले महत्वका साथ अगाडी बढाउने गरेको छ। भदौ पुर्णिमा मेलालाई खेलकुद पर्यटन गर्ने हिसाबले,संस्कृतीलाई प्रबर्धन संरक्षण गर्ने हिसाबले,कला,साहित्य ,संस्कार,संस्कृतीहरुलाई संरक्षण गर्ने सामाजिक सम्बन्धहरुलाई दारिलो बनाउने हिसावले मेलाबाट पनी आन्तरिक पर्यटन विकास गर्ने अगाडी बढाउने हिसाबले यो मेलाले प्रतिनिधीत्व गरी रहेको छ ।
९ मेला पर्वहरुबाट सामाजिक तथा आर्थीक के कस्ता गतिबिधीहरु पाउनु भएको छ ?
– छथर गाउँपालिकाको महत्वपुर्ण सम्पती भएको मेला पर्व र सांस्कृतिक पक्ष हो । गाउँपालिकाको वडा पच्छिे मेलाहरु लाग्दथे । अहिले पनी गाउँपालिका भि १३ वटा मेलाहरु लाग्दै आएका छन ।यी मेलाहरुको प्रमुख मेलाको रुपमा भदौरे पुर्णिमा मेला हो । पुसे मेला सुदाको कोलाबुङ लाग्छ त्यहाँका स्थानीयहरुले उत्पादन गरेको तरुल,कोला,तरकारी लगायतका उत्पादीत वस्तुले बजार पाएको छ । त्यस्तै माघेनी मेला साततलेमा लागे पनी त्यहाँ स्थानीयले उत्पादन गरेको उत्पादीत बस्तुले बजार पाउँछन् । त्यसकारण यहाँका मेला पर्वहरुले स्थानीय स्तरमा उत्पादन भएको वस्तुले बजार पाउने गरेको मात्रै छैन यहाँका एैतिहाँसि तथा पुरातात्वीकका साथै सांस्कृतिक पक्षहरुको सरक्षण हुँदै आएको छ । भदौरे पुर्णे मेलामा मात्रै करिब २ करोडको कारोबार हुने गरेको छ । मेला पर्वहरुको हाम्रो सम्पत्ती हुन् यस्ता मेला पर्वहरुलाई हामीेले संरक्षण गरेर अगाडी बढाउन जरुरी छ ।
१० चौथो गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला २०८० को बारे के भन्नु हुन्छ ?
– म यहीबाट अनुरोध गर्न चाहान्छु की छथरका सम्पुर्ण छथरबाट बाहिर विवाह गर्नु भएका छोरीहरु ज्वाईहरु माईती ससुरालीमा लाग्दै आएको भदौरे पुर्णे मेला २०८० मा आई दिनु होस् म यहाँबाटै चुले निम्तो गर्न चाहान्छु । सबै जनालाई आमन्त्रण गर्न चाहान्छु ।
११ व्यस्तताका साथ पनी समय दिनु भएको अध्यक्ष ज्युलाई धन्यावाद ।
यो मिडिया मार्फत मलाई पनी भदौरे पुर्णिमा मेलाको बारे जानकारी दिने मौका दिनु भएको हार्दिक धन्याबाद ।
यो कुराकानी प्रहर मिडिया सँग लिएको हो । कसैले यो कुराकानीलाई कपि गर्न पाईने छैन ।