प्रकाश पाक्साँवा
तेह्रथुम २३ बैशाख
पुर्वी पहाडी क्षेत्रमा रहेको तिनजुरे,मिल्के र जलजले (टिएमजे) परिचित पर्यटकीय गन्तव्य हो । गुराँसको राजधानीको रुपमा परिचित यो क्षेत्र तेह्रथुम,संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको छ । विश्वमा पाईने ३२ प्रजाती गुराँसहरु मध्ये २८ प्रजाती पाउने यो क्षेत्र पर्यटकहरुको मुख्य रोजाईमा पर्दै आएको छ ।
गुराँसको राजधानी तथा गुराँसलाई पर्यटन प्रबर्धन गर्ने उदेश्यकाले रोयल इस्र्टन इन्फिल्ड मोटरसाईकल क्लब धरानलेृ बुलेट यात्रा गरेको छ । धरानदेखी ४५ वटा बुलेट बाईक यात्रा गर्दै गुराँसको राजधानीको टिएमजेको पाँचपोखरी सम्म यात्रा गरेको हो । लालिगुराँस राईड २०८१ को रुपमा क्लबले बुलेट यात्रा गरेको क्लबका सचिव बुद्ध तामाङले बताए । हामी बर्षमा विभीन्न स्थानहरुमा पर्यटन विकासका निम्ती बुलेट राईड गर्दै आएका छौ । ‘खासगरी पुर्वको पर्यटकीय स्थलहरुलाई आन्तिरक पर्यटन प्रर्वधन गर्ने उदेश्यका साथ हाम्रो क्लबले बुलेड राईड गर्दै आएका छौ, उनले भने ।’ आन्तरिक पर्यटन विकास गर्न गरिएको बुलेट राईडलाई उद्योग वाणिज्य संघ बसन्तपुर शाखाले स्वागत कार्यक्रम आयोजना गरेको थियो ।
स्वागत कार्यक्रमका प्रमुख आतिथी लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीले यो बुलेट यात्राले लालीगुराँसको थप पर्यटन प्रवर्धनका टेवा पुगेको बताईन । यस क्षेत्र खासगरी गुराँस फुल्ने र हिउँपर्ने सिजनमा पर्यटकहरु आउने गरेका छन । गुराँस १ हजार ५ सय मिटरदेखि ५ हजार ५ सय मिटर सम्मको उचाइमा पाइन्छ । ग्रामिण पर्यटनका साथै कोशी प्रदेशमा रहेका पर्यटकीय गन्तव्य पहिचान गरी त्यहाँ सम्म पुृर्याउनका लागी अभीयान गर्दै आएको उद्योग वाणिज्य संघको उप समती पर्यटन तथा हवाई समिती कोशी प्रदेशका समितीका सदस्य सिर्जना लामा फोम्बोले बताईन ।
टिएमजे क्षेत्र यतीबेला गुराँसले फुलेर रंगिन बनेको छन । गतबर्षको तुलनामा गुराँस धेरै फुलेकाले आन्तरिक पर्यटकहरुको संख्या बढ्दो रहेको होटल व्यवसायी श्री कार्कीले बताए । उनि भन्छन् ‘गतबर्षको तुलनामा गुराँस पनी धेरै फुलेको छ र पर्यटकहरुको संख्या पनी बढ्को छ ।’ पर्यटकको संख्या बढे सँगै वसन्तपुर,टुटेदेउराली लगायतका होटलहरु भरीभराउ भएका छन । पर्यटकहरु चोलुङ पार्क,आरआर गार्डेन,पाथीभरा मन्दिर,तिनजुरे,पाँचपोखरी,मंगलबारे,चौकी,गुफापोखरीका साथै मेन्छ्यायेम डाँडा लगायतका स्थानहरुमा आउने गरेका छन । छिमेकी जिल्लाका साथे पुर्वी तराई,भारतको सिक्किम,दार्जिलिङ,बिहारका साथै विभीन्न मुलुक पर्यटकहरु यहाँ आउने गरेका छन ।