आधुनिक मेला व्यवस्थापनले स्थानिय संस्कृतिलाई किनारा लगायो ।

दिल पाक्साँवा
तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थित शुक्रवारे बजारमा लाग्दै आएको भदौ पूर्णे मेलाको निकै लामो इतिहास छ । पहिले ( पहिले शुक्रवारको दिन हटिया लाग्ने गरेकोले यस वजारको नाम ुशुक्रवारेु वजार भनेर नामाकरण गरिएको हो । पछि सेकवाज साङ्वा र लालध्वोज साङ्वाले सेप्माङलुङ माङ्धानाको स्थापना गरेपछी ओैंसी पूर्णिमाको दिन हटिया लगाउन सुरु गरे र हालसम्म सोही तिथीमा हटिया लाग्ने गर्दछ ।

भदौ पूर्णिमालाई स्थानिहरुले गुरु पूर्णे, ढ्याङढ्याङगे पूर्णे, थेसेस्क्पा तेम्दा आदि नामले पनि चिन्ने गर्दछन । भदौ पूर्णे मेलाको ईतिहास सेप्माङ्लुङ्सँग ९रत्नदेवी० जोडिएको छ । शुक्रवारे वजारको केन्द्रमा एक देवीथान ९माङ्धाना० छ । जसको नाम सेप्माङ्लुङ माङ्धाना हो । हाल यसलाई रत्नदेवी मन्दिर भनेर न्वारान गरिएको छ । वि। सं। १९१३ सालमा लालध्वोज साङ्वा ९पाक्साङ्वा० र सेकवाज साङ्वाको ९तुम्साङ्वा० नेतृत्वमा यस देवीथान स्थापना गरिएको हो । लालध्वोज साङ्वाका सन्तानहरु थिएनन प्रायस् श्रीमान श्रीमती हमरजुङ ९हाङ्मालुङ्० र आङ्दिमको ९आङ्देन्० सिमानामा रहेको पम्बम् खोलाको किनारमा सिस्नो टिप्न र तरुल खन्न जाने गर्दथे । एकदिन तरुल खन्ने क्रममा लालध्वोज पाक्साङ्वाले मानव आकृतिको मुर्ति फेला पारे । उनका सन्तान नभएकाले त्यस मानव आकृतिको मुर्तिलाई घरमा ल्याएर सन्तान जस्तै गरेर राखे । त्यहि समय गाउँमा महामारी फैलियो । अस्पताल, डक्टरको जमाना थिएन । त्यो वेला दुःख विराम हुँदा चानाबामा ९धामी० निर्भर हुनुपर्थ्यो । के कारणले महामारी फैलियो भनी धामीहरुलाई जोखाना हेराउँदा भेटाएर ल्याएको ढुङगाको मुर्ती माङ ९देवता० रहेछ, घरमा सन्तान जस्तै गरेर राख्दा फोहोर भयो र सित्छिङ्मा ९देवता रिसाउनु० गरेको कारणले महामारी फैलियो ९मिन्दे पोगा० भनेर धामीहरुले बताएपछि त्यस मुर्तिलाई ओख्रे साईडमा लगेर राखियो । त्यसको केही समयपछि त्यस मुर्तिको मानमनितो गर्नु भनी सेकवाज साङ्वाले ९तुम्साङ्वा० सपनामा देखेपछि फेरि तिनै लालध्वोज साङ्वा र सेकवाज साङ्वाको नेतृत्वमा हालको शुक्रवारे वजारको केन्द्रमा सेप्माङ्लुङ् माङ्धाना स्थापना गरेका हुन ।

भदौ पूर्णे हटियालाई मेलाको रुपमा विकास गर्नमा चानाबाहरुको ९साबाला साम्बारछाम्बा, माङजिरि माङ्बा, याबक्कु याबा० महत्वपूर्ण भूमिका छ । भदौ पूर्णे धामीहरुको लागि विशेष पूर्णिमा हो । यहि पूर्णिमाको दिन धामीहरुले गुरु पूजा गर्ने गर्दछन । त्यस कारणले पनि महत्वपूर्ण छ । भदौ पूर्णिमाको अघिल्लो दिन धामीहरुले घरघरमा गुरु पूजाको थान स्थापना गर्छन । आवश्यक विधि गरिसकेपछि त्यहि दिन सहयोगीहरुसहित माङ्वालक् ९मार्गपोखरी० पुग्छन । मार्गपोखरीमा रातभर उपवास वसेर शक्ति आर्जन गर्छन र गुरु पूर्णेको दिन विहान त्यहाँबाट फर्किन्छन । त्यसपछि सेप्माङ्लुङ्मा आएर शक्ति मागी पूजापाठ गर्छन र माङ्धाना वरिपरि ३र४ चरण नाचिसकेपछि धामीहरु घर(घरमा फर्किन्छन । त्यसपछि आवश्यक कर्मकाण्ड पूरा गरेर थान उठाउँछन र गुरु पूजा सम्पन्न हुन्छ । यसरी धामीहरुले गर्दा भदौ पूर्णिमा विशेष वन्दै गयो र बिस्तारै मेलाको रुप लियो । अन्य वेलाको ओैंसी पूर्णे वजारभन्दा विशेष बन्यो ।
त्यसवेलाको मेलाको सौन्दर्य नै बेग्लै थियो । अहिलेको जस्तो सरकारी वजेट आवश्यकता पर्दैनथ्यो । स्वतस् स्फुर्त ५र६ दिन मेला लाग्थ्यो ।

थुम थुमका याक्थुम्बारयाक्थुम्माहरु भेला हुने दुःख सुखका कुरा विनियम गर्ने माध्यम थियो त्यसबेलाको मेला । संचारका साधनहरु थिएनन, मेला वजार नै सम्पर्क गर्ने माध्यम हुन्थ्यो । यसरी थाङ्बेन, मेन्छ्याहरु भदौ पूर्णे मेलामा भेट गरौं है भनेर सर्त गरेका हुन्थे । अनि मेलामा भेट भएपछि धान नाच्ने, ख्याली, हाक्पारे गाउने गर्दथे । पाःप्लामको भाकाद्वारा माया पिरतीका कुरा व्यक्त गर्दथे । कति कुराहरु व्यक्त गर्न नपाउँदै मनभित्रै तुहिन्थ्यो । अहिलेको जस्तो डाइरेक्ट आइ लभ यु भन्ने जमाना थिएन ।

याक्थुम्मा दिदी वहिनीहरुको घरमा पइकारी कोदोको जाँड, कोदोको रक्सी र खेसुङ ९मर्चा० हुन्थ्यो । त्यहि पइकारी थुम्सेमा भारी लाएर बुट्टे पत्थाङ्ले ९बर्को० सपक्क छोपेर पसिना तरतर चुहाउँदै दिदी वहिनीहरुले मेलामा बेच्न ल्याउँथे । कतिको व्यापार राम्रै हुन्थ्यो, कतिको त उधारो खान्थे उल्टै घाटा हुन्थ्यो । फाइदा हुनेले पइकारी अलि वढाउँथे र सुन किनेर गहना लाउँथे । घाटा हुनेहरु अर्को साल पइकारी बेचेर गहना लाउने सपना बुन्थे । र पेक्कोमामा ९चोयाको बाकस० पैसा जम्मा गरेर राख्थे । कति त पेक्कोमामा सिन्का भाचेर राख्थे जम्मा गरेको पैसा लिएर फच्चा जान्थे । त्यसवेला पेक्कोमामा सिन्का भाँचेर राखेको छ भने चेली फच्चा गएछ भनेर थाहा पाउनु पर्थ्यो । लिम्बूहरु पहिल्यैदेखी सुनको गहनाको साह्रै सौखिन नि त १ खाजाको लागि चाम्रे भात र आलुको परपर भुटेको अचार चेलीहरुले बोकेका हुन्थे, भोक लागेपछि चेलि माईती चउरमा वसेर मिलेर खाजा खान्थे । त्यहि चाम्रेलाई अहिले त पुलाउ भन्दारहेछन । हाट बजार जानको लागि चेली माईतीसँगै जाने सल्लाह हुन्थ्यो । अनि सँगै मेला जाने र फर्किने चलन थियो । अहिले जस्तो एक्ला (एक्लै हिडने चलन थिएन ।
त्यसवेला रोटे पिङको चलन थियो युवा युवतीहरु मिलेर रोटे पिङ खेल्थे । लिङगे पिङको चलन पछि आयो । केही याक्थुम्बाहरु रागा भैंसी काटथे । त्यो पनि पञ्चायत कालमा त भैंसी काटन मनाही थियो ढाँटेर लिम्बूहरुले भैंसी काटथे । त्यो समय मासु खान चाडपर्व वा कुनै अवसरहरुमा मात्र पाईन्थ्यो । अहिलेको जस्तो फ्रेस हाउसहरु थिएनन।

कुनै समूह फौदारी खेल्थे । त्यो वेला फौदारी खेल्नेमा भैरुङगे सुनुवार, गोद्रिलाल आङखेवा, हाप्पे सार्की, मानविर साङ्वा ९पाक्साङ्वा०, लन्ठे सार्की र बेनु लाओतीहरुको नाम कहिलेकाही चर्चा हुनेगर्छ । त्यसरी फौदारी खेल्दा भाग्ने क्रममा वर्तमान वस स्टेण्ड छेउमा रहेको माङ्हुप्लुङ् ९देउराली० करिव ७ फुटको ढुङगा लन्ठे सार्कीले चट्टै नाघ्थे रे । फौदारी खेलेको स्थानमा विहान केटाकेटीहरु भेला भएर पैसा झरेको छ कि १ भनेर खोज्दै हिडथे । उनिहरुले १० पैसा, सानो चक्कुरकर्दाहरु भेट्टाउँथे । अनि त्यो पैसाले केटाकेटीहरु सामुहिक रमाईलो गर्थे । चक्कुको त के मतलव उनीहरुलाई ।

अहिले भदौ पूर्णे मेलामा विभिन्न कन्सर्ट, खेल, अन्य मनोरन्जका साधनहरु व्यवस्थापन गरिएको हुन्छ । समुदायका युवा युवती आफैलाई विर्सिएर त्यहि आधुनिकताको साङ्लोमा वाँधिएका हुन्छन । यसको दोशी हामीपनि त होला नयाँ पुस्तालाई हाम्रै मौलिक लयमा हिडाउन सकेनौै । आयोजकहरु पनि स्थानिय संस्कृतिलाई खासै महत्व ठान्दैनन ।बिस्तारै मेलामा धान नाच्ने संस्कृति हरायो, ख्याली गाउने संस्कृति हरायो, रोटे पिङको ठाउँमा आधुनिक विद्वुतिय पिङ आउन थाल्यो र स्थानिय संस्कृतिलाई आधुनिक मेला व्यवस्थापनले किनारा लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *