आठराई गाउँपालिकामा दोस्रो अध्यक्ष रनिङ कप तथा बृहत साँस्कृतिक कार्यक्रम भोलिदेखी हुने


प्रकाश पाक्साँवा
तेह्रथमु १७ फागुन
तेह्रथुम जिल्लााको आठराई गाउँपालिकामा भोलीदेखी दोस्रो अध्यक्ष रनिङ कप तथा बृहत साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । भोलीदेखि फागुन २५ गतेसम्म आठराई गाउँपालिका(२ खाम्लालुङ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा अध्यक्ष कप हुने भएको हो ।

साँस्कृतिक कार्यक्रम साथमा विभिन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनु भयो । प्रतियोगितमा पुरुष तअथा महिला फुटबल, खुला पालिका स्तरीय पुरुष भलिबल, साँस्कृतिक कार्यक्रम अन्तर्त नृत्य, धान नाच प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने विजेताले नगद १ लाख ५० हजार ट्रफीमेडल र प्रमाणपत्र सहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछन् । दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल र प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

त्यस्तै, खुल्ला पालिका पुरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । साँस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार प्राप्त गर्ने भएका छन ।

त्यस्तै, धान नाच प्रतियोगितमा प्रथमले १५ हजार नगदसहित प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । अध्यक्ष कप तथा साँस्कृतिक कार्यक्रमले खेलकुद क्षेत्रको विकास सगै स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धन हुने अध्यक्ष पाहिमले बताउनुभयो । आठराई गाउँपालिकामा गत वर्षदेखि अध्यक्ष रनिङ कप तथा साँस्कृतिक कार्यक्रम सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *