छथर सुक्रबारे बजार अनुगमनमा ३० हजार ७ सय बराबारको म्याद गुज्रेका वस्तु बरामत

प्रकाश पाक्साँवा
तेह्रथुम २१ असोज
तेह्रथुम जिल्लाको छथर सुक्रबारे बजार अनुगमन गरीएको छ । बजार अनुगमनको क्रममा ३० हजार ७ सय ४४ रुपैया बराबरको म्याद गुज्रेका वस्तु बरामत गरिएको छ । साहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बुको नेतृत्वमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रेका वस्तु बरामत गरिएको हो । बजारमा बिक्री गर्दा व्यापारीले निश्चित मुल्य निर्धारण गरि ग्राहकहरुलाई सहजता बनाई सेवा दिन साहायक प्रमुख जिल्ला अधिकारी लिम्बुले उद्योग वाणिज्य संघलाई सुझाव दिनु भएको छ ।
अनुगमनको क्रममा पाइएका दर्ता नभएका तथा नविकरण नभएका पसलहरुलाई दर्ता गर्नको साथै नविकरण गर्न सुझाव दिइएको घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख प्रदिप सापकोटाले बताउनु भयो । ।बजारको ३१ वटा पसलहरु अनुगमन गर्ने क्रममा १६ वटा सपलबाट म्याद गुज्रेका तथा अखाद्य वस्तु बरामत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका लिलामाया तामाङले जानकारी दिनु भयो । नियमित बजार अनुगमनले व्यापारीका साथै ग्राहक पनी सचेत बन्दै गएको उद्योग वाणिज्य संघ छथर का अध्यक्ष चुडामणी जोशीले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुम,घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम,जिल्ला स्वास्थ्या कार्यालय तेह्रथुम,कोष तथा लेखा नियन्त्रण कार्यालय तेह्रथुम,उद्योण वाणिज्य संघ छथर सुक्रबारे र सुक्रबारे प्रहरीचौकी लगायतको टोलीले बजार अनुगमन गरेको थियो । जिल्लाको आठराई बजार,संग्रान्ती,जिरीखिम्ती,जिल्ला सदरमुकाम म्याङलुङका साथै छथर सुक्रबारे बजार अनुगमन गरि सकेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ