तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ७ जिरिखिम्तीका पक्षघात तथा फोक्सो सम्बन्धी रोगले पिडित बमबहादुर तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
गत फागुन देखी थला परेका तामाङलाई इजरायलमा कार्यरत नेपालीहरुले संकलन गरी पठाएको रु ४८ हजार आज उनको घरमै गएर हस्तान्तरण गरिएको हो ।
समाजसेवी देव वास्कोटा र तुलसा तुम्वाहाङफेको पहलमा सँकलन गरिएको उक्त रकम म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदी मार्फत विरामीलाई हस्तान्तरण गरिएको छ । र
कम हस्तान्तरण कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष तारा कार्की गुरुङ लगायत समाजसेवी र स्थानियवासीहरुको सहभागीता रहेको थियो ।
५७ वर्षिया तामाङका श्रीमती श्रीमाया तामाङको केही दिन अघि मृगौला सम्वन्धी समस्याका कारण निधन भएको थियो ।
पिडित बमबहादुर तामाङका १५ वर्षिया छोरा रहेका छन् ।