प्रकाश पाक्साँवा
तेह्रथुम ११ पौष
छथर जोरपाटी गाउँपालिका ६ सिधुवा धनकुटामा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाईनलमा ताक्लुङ एफसी तेह्रथुम र मर्निङ एफसी धनकुटा पुगेका छन । बुधबार सम्पन्न सेमीफाईनल खेलमा कन्चजंघा एफसी र ताक्लुङ एफसी बिच भएको पहिलो सेमीफाईनल खेलमा निर्धारित समयमा दुवै टिमबाट दुई दुई गोल भए सँगै खेल ट्राईवेकरमा धकेलिएको थियो । ट्राईवेकर ताक्लुङले कन्चनजंघालाई ११ को विरुद्ध १२ गोल गर्दै फाईनलमा पुगेको हो ।
त्यस्तै दोश्रो खेलमा काजिमान एफसीलाई ० को विरुद्ध १ गोल गर्दै मर्निङ एफसी धनकुटा फाईनलमा पुगेको खेल संयोजक निमसाङे शेर्पाले बताए ।प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार ५ रुपैया र उपविजेता हुने टिमले ३१ हजार ५ रुपैयाँ का साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने पूर्व राष्ट्रिय खेलाडी तथा फुटबल प्रशिक्षक लक्ष्मी नारायण श्रेष्ठले जानकारी दिनु भयो । पौष ६ देखि सुरु भएको खेल बिहिबार सम्पन्न हुने भएको छ ।
धनकुटामा जिल्ला फुटबल संघको प्राबिधिक सहयोग तथा सिधुवा सिंहदेवी युथ क्ल्बको मुख्य सहयोगमा संचालन भएको प्रतियोगितामा धनकुटा, तेह्रथुम र सुनसरी गरि १६ टिमको सहभागीता रहेको छन । प्रत्येक खेलमा म्यान अफ द म्याचका साथै सेमीफाईलनमा उपविेजता टिमलाई १० हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।