दिव्यश्वरी आधारभुत बिद्यालयमा बिद्यार्थीहरुलाई क्षमता विकास गर्न अतिरिक्त कृयाकलाप


प्रकाश पाक्साँवा
तेह्रथुम १९ फागुन
धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ परेवादिन दिव्यश्वरी आधारभुत बिद्यालयमा बिद्यार्थीहरुको क्षमता विकासका लागि अतिरिक्त कृयाकलाप तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । छथर जोरपाटी गाउँपालिका ५ वडा कार्यालयको सहयोग तथा साझा फूलबारी बाल क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गिता गुरुङ खेवाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिद्यार्थीहरुलाई विभीन्न प्रतियोगिताहरु सञ्चालन गरी सहभागीता गराइएको बाल क्लब फोकल पर्सन शिक्षक आसन राईले बताउनु भयो । वडा कार्यालयको सहयोगमा सञ्चालन भएको बिद्यार्थीहरुको क्षमता विकास सँगै खेलकुद विकासका निम्ती आगामी दिनहरुमा पनी सहयोग गर्ने छथर जोरपाटी गाउँपालिका ५ का वडाध्यक्ष डिकबहादुर लिम्बुको भनाई छ ।

विद्यालयका विगत लामो समयसम्म शिक्षण पेशा गरी अवकास प्राप्त शिक्षक खेलबहार लिम्बू र राजेन्द्रप्रसाद ओझालाई सम्मान गरिएको थियो । कार्यक्रममा तातोआलु,हिसाव दौड,दौड,हाजिरी जवाफ,चित्रकला, र एकल नृत्य प्रतियोगिता सञ्चालन भएका थिए । प्रतियोगितामा विजयी विद्याथीहरुलाई पुरस्कार प्रमुख अतिथी अतिथीहरुले प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *